शुक्रबार पोखराको पृथ्वीनारायण क्याम्पसमा एमाले निकटको अनेरास्ववियुले आफ्ना नेता तथा विद्यार्थीलाई दुर्र्व्यवहार गरेको भन्दै त्यसको विरोधमा एकीकृत नेकपा माओवादी कास्कीले आइतबार पोखरामा गरेको प्रदर्शन। तस्विरः नवीन सिग्देल/आदर्श समाज
जितको उमंगः साहारा क्लबले अायोजना गरेको आठौं आहा गोल्डकप फुटबल प्रतियोगिता मनाङमर्स्याङ्दी क्लब जीतमा रमाउँदै ।
संविधान निर्धारित समयमा बन्छ कि बन्दैन भन्ने चिन्ता र चासो भइरहँदा एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कड्केर भनेछन्-ँसंविधान निर्धारित समयमा बनेन भने पनि धर्ती फाट्दैन पाताल भासिंदैन।’ कुरा ठीकै हो धर्ती त फाट्दैन पाताल नभासिएला तर अध्यक्ष महोदय झ् आगामी जेठ १४ भित्र संविधान बनाउने भनेर भोट हाल्ने नेपाली जनताको मन अवश्य फाट्छ यो कुरा देशको सबै भन्दा ठूलो दलको नेताले बुझनुर्पर्छ। निर्धारित समयमा संविधान बनाउने प्रक्रियालाई हलुका पाराले यसरी बोलिदिंदा समग्र संविधान निर्माण प्रक्रियामा नै असर पर्छ।
शपथ ग्रहणको भाषाको विवादका कारण निष्त्रिmय भएका उपराष्ट्रपति परमानन्द झाले आइतबार आÇनो मातृभाषा मैथिली र नेपालीमा शपथ ग्रहण गरी सक्रिय हुनुभएको छ। उहाँले पहिले हिन्दी भाषामा शपथ लिनुभएपछि ठूलो विवाद उत्पन्न भएको थियो। उहाँले हिन्दी भाषामा लिनुभएको शपथलाई सर्वोच्च अदालतले अमान्य घोषणा गरी सात दिनभित्र नेपाली भाषामा शपथ लिन आदेश दिएको थियो। तर उहाँले सर्वोच्चको आदेशको अवज्ञा गर्नुभएकाले उहाँको पद निष्त्रिmय रहेको थियो।
--------------------------------
Advertisement
आदर्श समाजमा
विज्ञापन दिई
आफ्नो व्यापार व्यवसायमा अधिकतम प्रतिफल प्राप्त गर्नुहोस् ।
साथै
online मार्फत यस
पत्रिकाका हरेक अंक हेर्न सकिने भएकोले मौकाको फाइदा लिन सक्नु
हुनेछ ।