In the News | Editorial |

Editorial Headlines

विश्व मृगौला दिवसको उपहार

संविधान लेखनमा दबाब

अनमिनसम्बन्धी विवाद

संस्कृतिकर्मीहरुलाई पोखरामा स्वागत

सहमतिमा जानु आजको आवश्यकता

हत्या हिंसा समाधान होइन

उद्यमी व्यावसायीको चिन्ता

सञ्चारकर्मीको हत्या निन्दनीय

क्रिकेटमा कमाल

उच्चस्तरीय राजनीतिक संयन्त्र धरापमा

विश्व मृगौला दिवसको उपहार

मार्च ११ लाई विश्व मृगौला दिवसका रूपमा मनाउने क्रममा नेपालमा हिजोदेखि तीन दिने कार्यक्रम राखी यो दिवस मनाइँदैछ। मृगौला रोगका विषयमा जुन चेतना जगाउने अभ्रि्रायले शनिबार पदयात्राको आयोजना गरिएको छ। मृगौला रोगबाट बच्न सकिन्छ भन्ने सन्देश दिने यसको लक्ष्य रहेको छ।


read more...


संविधान लेखनमा दबाब

राजनीतिक आकाशमा संविधान निर्धारित तिथिमा आउँ, आउँदैन भन्ने भइरहेको बेलामा संविधान निर्माण तालिका १० औं पटक संशोधन गरिएको छ। राजनीतिक आकाशमा कालो बादल मडारिएकोले ठूला तथा जिम्मेवार हुनुर्पर्ने पार्टी संविधान निश्चित बेलामा नआएको दोष आफूमाथि नआओस् भनेर केही चालबाजी गरेर जनताको आँखामा छारो हाल्ने प्रयास गरिहहेका छन्।


read more...


अनमिनसम्बन्धी विवाद

सानो कुरालाई पनि ठूलो विषय वस्तु बनाएर विवाद खडा गर्ने हाम्रा नेताहरुले अनमिनका सम्बन्धमा पनि त्यस्तै गर्न थालेका छन्। सरकारले शिविरहरुमा माओवादी लडाकूको सङ्ख्या यकिन गरिदिन अनमिनलाई लेखेपछि उत्पन्न विवादले अहिले ठूलो रूप लिएको छ। सङ्ख्याका सम्बन्धमा उत्पन्न विवादले अहिले अनमिनको म्याद बढाउने कि नबढाउने भन्नेसम्मको स्थितिमा पुगेको छ।


read more...


संस्कृतिकर्मीहरुलाई पोखरामा स्वागत

पोखरामा बरावर मेला उत्सव र महोत्सव हुने गर्दछन्। ती मेला उत्सव र महोत्सवप्रति दर्शकहरुको अकर्षाले गर्दा आयोजकहरु उत्साही पनि हुने गर्दछन्। त्यसैले त्यस्तो मेला, उत्सव र महोत्सवको सङ्ख्या पनि बढ्दै गएको छ। त्यसै क्रममा हिजोदेखि पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा पाँचौ अन्तर्राष्ट्रिय साँस्कृतिक महोत्सव सुरु भएको छ।


read more...


सहमतिमा जानु आजको आवश्यकता

 एकीकृत माओवादीले आफूले सत्ताको नेतृत्वबाट बाहिर गएकै दिनदेखि चरणबद्ध आन्दोलन गर्दै आएको छ। चरणबद्ध आन्दोलनको क्रममा त्यसले धेरै नारा पनि फेरेको छ। नागरिक र्सवाेच्चता राष्ट्रिय स्वाधीनता आदि भन्दै अहिले त्यसले आफ्नै नेतृत्वको सरकारलाई प्राथमिकता राखेर सरकारको विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्न गइरहेको छ।


read more...


हत्या हिंसा समाधान होइन

 देशमा हत्या हिंसाका घटना बाक्लिंदै गएको छ। रगतको पोखरीमा होली खेल्ने कुरा पनि सुनिंदैछ। हतियार चलाउने तालिम दिइँदै गरेको पनि सुनिन्छ। १०/१२ वर्षयता १०/१५ हजारभन्दा बढी नेपालीको ज्यान गइसकेको छ। तैपनि कोही पनि यहाँ चेतिएको देखिएको छैन। अझै त्यही मार्नु र मर्नुमा नै बहादुरी देख्दैछन् र त्यसैमा समाधान खोज्ने प्रयास गर्दैछन् तर त्यो विलकुल गलत हो।


read more...


उद्यमी व्यावसायीको चिन्ता

 हिजो नेपालको चिनारी दिँदा सबैले सुन्दर शान्त नेपाल भन्ने गरेका थिए भने यही सुन्दर, शान्त नेपालका वासिन्दाले हत्या, हिंसा, आतङ्क र अपहरणबाट वाक्क दिक्क भएर सरकारसँग दिनहूँ शान्ति सुरक्षाको माग गर्दैछन्। सरकारसँग हतियार राख्ने, सुरक्षा बल राख्नुपर्ने माग गरेका छन्। सरकारले सरक्षाको जतिसुकै कार्यक्रम ल्याए पनि यो प्रभावकारी हुन सकेको छैन।


read more...


सञ्चारकर्मीको हत्या निन्दनीय

१. काठमाडौंमा सञ्चार उद्यमी जमिम साहको हत्या भएको एक महिना वित्न नपाउँदै जनकपुरमा अस्ति सञ्चार उद्यमी तथा व्यवसायी अरुण सिंहानियाको हत्या भएको छ। एक वर्षपहिले जनकपुरमै पत्रकार उमा सिंहको हत्या भएको थियो। यो हत्या प्रकरणहरुले सञ्चार क्षेत्रमा स्तब्धता छाएको छ र सञ्चारकर्मी आक्रोशित भएका छन्।


read more...


क्रिकेटमा कमाल

केही साता पहिला बंगलादेशको राजधानी ढाकामा भएको साग गेमको अन्त्यमा आठवटा स्वर्णाजतेर देशवासीलाई केही हसाउन सफल नेपाली खेलाडीले काठमाडौंमा सम्पन्न आईसीसी वर्ल्ड लिग डिभिजन-५ को फाइनल जितेर कमालको पर््रदर्शन गरेको छ। अब नेपाल क्रिकेट जगतको डिभिजन-५ बाट डिभिजन-४ मा उक्लिएको छ। यो नेपालीको ठूलो जीत हो।


read more...


उच्चस्तरीय राजनीतिक संयन्त्र धरापमा

केही महिना पहिले नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा गठित उच्चस्तरीय राजनीतिक संयन्त्र अन्योलपूर्ण राजनीतिको निकास निकाल्ने भन्दाभन्दै आफै धरापमा पर्ने सम्भावना बढेको छ। संयोजक कोइरालाले धेरै महिना पहिलेदेखि नै संयन्त्रको आवश्यकता महशुस गर्नुभएको थियो। पछि एकीकृत माओवादी र एमालेले पनि त्यसमा स्वीकृति जनाएकोले त्यसको निर्माण भएको हो।


read more...


होली पर्व

फागुन महिनाको पूणिर्मालाई फागु पूणिर्मा या होली पूणिर्मा भन्ने गरिन्छ। यो पूणिर्माका दिन मानिसहरु रमाएर होली खेल्ने भएकाले होली पूणिर्मा भनिएको हो। यस दिन आपसमा अबिर लगाइदिएर तथा रङ्ग छ्यापेर होली खेल्ने गरिन्छ। पहाडमाभन्दा यो पर्व तर्राईमा विशेषरूपले मनाइन्छ। त्यसको साथै विभिन्न जातजातिले पनि यो पर्वलाई आफ्नै किसिमले मान्ने गर्दछन्।


read more...


संविधान निर्धारित तिथिमै आउनु पर्दछ

 निर्धारित मिति २०६७ साल जेठ १४ गते संविधान घोषणा गर्नैपर्दछ भनेर दबाब एकातिर बढ्दैछ भने अर्कोतिर राजनीतिक पार्टी त्यो म्याद बढाउने सुरमा लागेका छन्। नागरिक समाजका अग्रजहरु केही व्यक्तिहरु म्याद बढाएर राम्रो हुन्छ भने के भो र भनेर भन्न थालेका छन् तर र्सवसाधारण नागरिकहरु त्यसरी म्याद बढाउने पक्षमा छैनन्।


read more...


प्रधानमन्त्रीको रिकर्ड

प्रधानमन्त्री माधव नेपालको सरकारले नौ महिना पूरा गरेकोमा यताउता जताततै चलेको छ। त्यसो त कुनै सरकार नौ महिना टिकिरहनु ठूलो कुरा होइन। त्यस हिसाबले यो सरकारको पनि अहिले मूल्याङ्कन गर्नु आवश्यक छैन तर प्रधानमन्त्री नेपालले यो अवधि पार गर्नु खास अर्थ राख्दछ। त्यसैले अहिले उहाँको चर्चा भएको हो।


read more...


भैंसी पुज्ने संस्कृति

नयाँ नेपाल कस्तो हुन्छ, के हुन्छ भनेर नेपालीहरुले बडो अभिरुचिपूर्वक प्रतीक्षा गरिरहेका छन्। नयाँ नेपाल बनाउने अग्रज नेताहरु के गर्छन्, कसो गर्छन् भनेर उनीहरुको दिनचर्यालाई पनि नजिकबाट हेर्ने प्रयास गरिरहेका छन्। त्यसरी प्रतीक्षा गर्ने र हेर्नेहरुले गत साता सुनसरीको चतराधाममा सञ्चालित स्वास्थ्य शिविरमा आफ्नो ध्यान केन्द्रित गरेका छन्।


read more...


कालो झण्डाको राजनीति

कालो झण्डा विरोधको प्रतीक हो। राजनीतिमा कालो झण्डाको प्रयोग हुने गर्दछ। नेपालमा यो कालो झण्डाको सुरुवात २००७ सालपछि आएको हो। त्यसबेला निश्चित काममा आएका नेतालाई कहिलेकाहीं कालो झण्डा देखाउने गर्दथे। कालो झण्डा देखाउनुको मतलव उनको कार्यक्रम र अभियानलाई अस्वीकृत गर्नु, विरोध गर्नु हो। यस्तो विरोध कहिलेकाहीं निश्चित काम विशेषका लागि गरिने भएकाले मानिसहरु यसमा खुब रूचि राख्दथे।


read more...


« Previous Page - 1 2 - Next Page »