Entertainment | Jokes |

राशिफल

तपाइको आज

 

धन र मानमा हस्तक्षेप गर्ने देखा पर्ने, उच्चस्तरीय व्यक्तिबाट नोक्सान।

स्वच्छ निश्च्छल तथा प्रिय वचन आज तपाईंमा हुने, मिष्ठान्न भोजनले स्फूर्र्ति बढ्ने।

बुद्धि क्षमता भएर पनि नभएजस्तो हुनुपर्ने, धनको अपव्यय तथा आफन्त विवादित बन्ने।र्

   आफन्तको सहयोग मिल्ने, पराक्रम बढ्ने, धनमान प्रतिष्ठा प्राप्ति हुने।
 

 परिश्रम धेरै गर्नुपर्ने, आमा भूमि, भवन, अन्न पशु बहानादिबाट लाभ हुने।

  नित्य कार्यमा ध्यान जाने, पछाडिबाट कुरा काट्ने धेरै हुने, भ्रम पैदा हुने।
  प्रतिस्पर्धात्मक कार्य गर्नुपर्ने, सुरुमा निरासा भए पनि प्रयत्नले काम बन्ने।

शुभसमाचार प्राप्तिको योग परेको छ, सहयोगी धेरै हुने, रमाइलोमा खर्च।

  रोगव्याधीको भय रहनुको साथै परिबन्दको अवस्था आउने, शत्रु भय रहने।
  तर्थयात्रा तथा धार्मिक कृत्य हुने, धेरै दयालुपनले गर्दा वास्तविक नोक्सान।
व्यापार वाणिज्य कार्यमा लाभ, पैतृक कार्यमा असन्तोष, बैदेशिक शुभ सन्देश।
   उत्तम समय चलेको, मनोकांक्षा पुग्ने, भौतिक सुख प्राप्तिको योग।


किन नसक्ने ...

किन नसक्ने ...

काठमाडौंबाट विराटनगर तर्फगइरहेको बसको कण्डक्टरले भन्यो -
कण्डक्टर - ए दाई, तपाईको टिकट पाउँ त -
हुलाकी - (हुलाकको टिकट दिंदै) ल लिनुस् टिकट।
कण्डक्टर - (हुलाकीलाई हर्दै) यो त हुलाकको टिकट पो त। बसको टिकट खै नि -
हुलाकी - (झोक्किदै) यो टिकटले चिठ्ठी चाँहि नेपालभरी पुग्न सक्छ तर म चाहि किन विराटनगरसम्म पुग्न नसक्ने -
- गोपाल बराल
सिर्जना उच्च मा.वि.


फेसन ...

फेसन ...
एउटा केटाले कम्मरमा कमेज बाँधेर हिडिरहेको थियो, त्यसैक्रममा -
पहिलो - दाइ तपाईंले नयाँ फेसन देखाउनुभएको हो -
दास्रो - भाइ मैले कुनै फेसन गरेको होइन -
पहिलो - (झोक्किदैं) किन त - हाम्रो टोलमा फेसन देखाउन पाइदैन भन्ने थाहा छैन।
दोस्रो - हेर भाइ मैले फेसन गरेको होइन चिया पसलको कुर्चीमा बस्दा काँटीमा गढेर पाइन्ट च्यातियो त्यै भएर।
- शान्ति थापा
बगर १, पोखरा


सुत्केरी ...

तिहारको बेला थियो । राम र मोहन तास खेल्दै थिए । रामले टीका लगाएको थियो तर मोहनले लगाएको थिएन । रामले मोहनलाई सोधेछ: राम तैंले किन टिका नलगाएको । मोहनले भनेछ: हाम्रो घरमा त सुत्केरी भएको । को नि - हाम्रो त भैंसी सुत्केरी भएको छ ।
- अर्जुन सापकोटा
ताराकुञ्जर् इङलिस बोर्डिङ
पाटनबेसी, पोखरा-१३


थुतेर माथिसम्म ...

तीन जनाले गफ लगाएछन् आ-आफ्नो माको बारेमा
पहिलो: यार मेरो आमाको कपाल यति लामो छ कि कपाल कोर्न २/३ घण्टा नै लाग्छ ।
दोस्रो: मेरो आमाको त झन् लामो कपाल भएर होला ९-१० घण्टा लाग्छ यार ।
तेस्रो: हरे शिव झ् मेरो आमाको त झन फेदबाट लिखा थुतेर माथिसम्म ल्याइपुर्याउँदा त जुम्रा नै बन्छ ।
- हिरालाल ठाकुर, रत्नचोक-७, पोखरा


पसलमा ताला ...

ग्राहक: साहुजी साबुन होला -
साहु: छैन भाइ झ्
ग्राहक: चिनी छ होला -
साहु: त्यो पनि छैन झ्
ग्राहक: चामल छ होला -
साहु: त्यो पनि छैन झ्
ग्राहक: डेरी घ्यू होला -
साहु: अहँ झ् त्यो त झन् छँदै छैन झ्
ग्राहक: त्यसो भए ताला त छ होला नि -
साहु: त्यो त छ झ्
ग्राहक: त्यसो भए तपाईको पसलमा ताला लगाइदिनोस।
- सुस्मिता रिजाल


सबै जातको ...

बाहुन: तपाई कुन जातको हुनुहुन्छ -
शिक्षक: म त सबै जातको मान्छे हुँ ।
बाहुन: (अचम्म मान्दै) कसरी
शिक्षक: पहिलो त म सबै जातको विद्यार्थीलाई पढाउँछु । त्यसैले शिक्षक हुँ झ् दोस्रो विद्यालयमा आउनुभन्दा अगाडि सधैं जुत्तामा पालिस लगाउँछु, त्यसैले सार्की हुँ झ् तेस्रो म मेरो कपडा आफै सिलाउँछु, त्यसैले म दमाई हुँ झ् र, चौथो बिहान बेलुका सधैं नुहाउँछु, त्यसैले म बाहुन हुँ झ्
- स्वेच्छा गुरुङ


ठट्टा ...

छोरो: बुबा झ् तपाईं कहाँ जानु भएको -
बुबा: जागिर खान
छोरा: मलाई पनि कस्तो भोक लागेको छ । बुबा फेरि जागिर खान जाम न ।


स्वीच ...

सर: गोविन्द तिमीलाई करेन्ट लाग्यो भने के गर्र्छौ -
गोविन्द: 'मेन स्वीच’ बन्द गर्दिन्छु सर
- अजीत गौली


धाराको टुटीबाट ...

दुइ जना -राम र श्याम) रक्सी पिएर होटलमा गफ लडाउँदै थिए झ्
राम : हाम्रो बा तेरो बा भन्दा पौडी राम्रोसँग जान्नुहुन्छ ।
श्याम : कसरी हाम्रो बा नै जान्नुहुन्छ ।
राम : (एकछिन सोचेर) हाम्रो वा त प्यासेफ ओसन र्डाईफ हानेर एट्लान्टिक ओसनमा निक्लनुहुन्छ ।
श्याम : तेरो बा को के कुरा गर्छस् - हाम्रो बाको कुरा गर्न । हाम्रो बा झन ट्याड्ढीमा डाइफ हानेर धाराको टुटीबाट निस्कनुहुन्छ ।
- आकाश देवकोटा, पोखरा-८


पैसा जम्मा ...

एउटा माग्दै हिंड्ने केटा बैंकमा पुगेछ । त्यसैबेला बैँकको कर्मचारीले केटालाई भनेछ-
कर्मचारी : केटा आज पनि फेरि पैसा माग्न आइस् । हिजो मात्र तँलाई पैसा दिएको होइन झ्
केटा : सर, म आज आएको पैसा माग्न होइन, पैसा जम्मा गर्न आएको नि झ्
- सुस्मिता रिजाल, ज्ञानुबाबार् इ. बोर्डिङ स्कुल


उनी मेरी ...

सुवेदीजी बसपार्कमा कसैको प्रतीक्षामा उभिइरहेका थिए। त्यही बेला उनको एउटा आवारा साथी आएर भन्छ -'ए सुवेदी सुन्न, उ त्यो उताबाट आउँदै गरेकी युवतीलाई म सबैका सामुन्न अंगालो मार्न सक्छु । यदी सके भने तैले होटल रिजर्भ गर्नुपर्छ ।
सुवेदी : होटल त होइन, हस्पिटलको वेड ।
साथी : -अचम्म मान्दै) किन -
सुवेदी : 'उसको मुखमा एक मुक्का मार्दै' किनकि उनी मेरो श्रीमती हुन् ।
- दिनेश

केटी : म त त्यस्तो केटासँग विवाह गर्छु जसले हिम्मतिलो काम गरेर देखाओस् ।
केटा : आजको यस्तो महंगो जमानामा पनि म विवाहको प्रस्ताव लिएर तिमी कहाँ आउँदै छु । के यो हिम्मतको काम होइन र

एक प्रहरीले अपराधीलाई सोधे : तिमीले त्यो सुन पसलबाट सुनको हार किन चारेको - चोरले जवाफ दियो ।
प्रहरी दाई त्यस सुन पसलवालाले व्यानरमा 'दिपावलीको शुभ-अवसरमा फाइदा उठाउनु होस् भनेर लेखेको थियो ।
लक्ष्मी


कुम्भ कर्ण...

विद्यालयमा कक्षा कोठामा पसेपछि शिक्षक कुर्चीमा बस्ना साथ घुरेर निदाए । दोस्रो घण्टी लागेपछि झल्याँस ब्यूझिएर विद्यार्थीहरुलाई भने - थाहा पायौं कुम्भ कर्ण जसरी निदाउँथ्यो ।
- कृष्णसुदामा


दयालु हुनुहुन्छ ....

दुई जना विवाहिता महिला आफ्नो श्रीमान्को बारेमा कुरा गर्दैः
पहिला: मेरो श्रीमान् साह्रै दयालु हुनुहुन्छ। कसैले कसी काटेको देखेमा अत्यन्त दुःखी हुनुहुन्छ।
दोस्रो: मेरो श्रीमान् त झन् यति दयालु हुनुहुन्छ कि प्याज काट्दा पनि रुनुहुन्छ।
माइत जाऊ न....
पति: म केवल यो चाहन्छु कि यो घरमा खुशियाली रहेर बस्न सकूँ।
पत्नी: म पनि यही चाहन्छु नि त।
पति: तिमी पनि यही चाहन्छ्यौ भने तिमी माइती जाउ।
- सुस्मिता रिजाल


हासेर बाचौं

सुत्दाखेरी ...
रमेश कक्षा कोठामा जतिखेर पनि हाँसिरहेको देखेपछि शिक्षकले सोधेछन् :
शिक्षक : रमेश, तिमी किन हाँसिरहेको -
रमेश : म यस्तै छु, सर ।
शिक्षक : त्यसो भए तिमी २४ घण्टा यस्तै हौ -
रमेश : हैन सर सुत्दाखेरी त हाँस्दिन ।
- उत्सव थापा


« Previous Page - 1 2 3 - Next Page »