In the News | National News |

National News Headlines

दुइ अर्ब ४१ करोड बजेट प्रस्तुत गर्दै कास्कीको १८ औं जिल्ला परिषद् सम्पन्न

अनमिनमाथिको आरोप निराधारः पास्को

बर्दीयामा सेनाको गोलीबाट तीन जनाको मृत्यु

हिन्दू राष्ट्रको माग गर्दै प्रशासनमा धर्ना

डायलोसिस उपचार सहयोग समिति गठन

एबीसीलाई दोस्रो सेभेन-ए-साइडको उपाधि

देशभरिका ब्राम्हण समाज एकीकृत, अध्यक्षमा अधिकारी

अनमिनले सरकारलाई चुनौती दिंदा समस्याः सञ्चारमन्त्री

काहूँशिवपुरमा जिप दुर्घटना, १० को मृत्यु, १३ घाइते

गृहराज्य मन्त्री अन्सारीद्वारा राजीनामा

दुइ अर्ब ४१ करोड बजेट प्रस्तुत गर्दै कास्कीको १८ औं जिल्ला परिषद् सम्पन्न
March 12, 2010

दुइ अर्ब ४१ करोड बजेट प्रस्तुत गर्दै कास्कीको १८ औं जिल्ला परिषद् सम्पन्न
पोखरा, २७ फागुनकास्की जिल्लाको अठारौं जिल्ला परिषद् दुइ अर्ब ४१ करोड ६२ लाख ९० हजार रूपैयाँ प्रस्तावित नीति तथा बजेट र्सार्वजनिक गर्दै पोखरामा बिहीबार सम्पन्न भएको छ।
जिल्ला विकास समितिको कार्यालयमा सम्पन्न उक्त सभामा स्थानीय विकास अधिकारी गुरुप्रसाद सुवेदीले जिल्ला विकास समिति कास्कीको तर्फाट जिल्लाको समग्र आर्थिक विकासको लागि २०६६ सालमा जिल्ला परिषद्मा प्रस्तुत गरिएको आर्थिक वर्ष२०६७/०६८ को प्रस्तावित कार्यक्रम तथा बजेट उक्त प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो।
परिषद्ले कुल रकममध्ये पूर्वाधार निर्माणको लागि एक अर्ब १२ करोड ५८ लाख विनियोजन गरेको छ भने कृषि, वन, उद्योग क्षेत्रको लागि १७ करोड ४८ लाख प्रस्तावित बजेट र्सार्वजनिक गरेको छ।
त्यस्तै सामाजिक क्षेत्रको लागि ८२ करोड ८२ लाख प्रस्तावित गरेको छ। त्यस्तै जलस्रोत तथा भूमि क्षेत्रको लागि भने जिविस कास्कीले पाँच करोड ७८ लाख विनियोजन गरेको छ।
अठारौं जिल्ला परिषद्ले विशेष गरी ग्रामीण क्षेत्रमा सडक निर्माणलाई प्राथमिकता दिएको छ।स्वास्थ्य, शिक्षा, पर्यटन र पूर्वाधार तथा संरचना विकासलाई महत्त्व दिएको छ। स्थानीय विकास अधिकारी सुवदीले पोखरा र आसपासका पर्यटन क्षेत्रको विकासको लागि नयाँ पर्यटकीय स्थलको पहिचान, पदयात्रा मार्गको निर्माण, कला सस्कृतिको संरक्षणप्रति प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।
त्यसै गरी कृषि एवम् पशु सेवा विकासको लागि कार्यक्रम, र्सार्वजनिक निजी साझेदारीका योजना तर्जुमा गरिने छ। जिल्ला विकास समितिले लघु जलविद्युत्, बायोग्याँस, सोलार सुधारिएको चुल्हो तथा बैकल्पिक उर्जाको पर््रवर्द्धनमा समेत जोड दिएको छ। नयाँ लघुजलविद्युत् उत्पादनको सम्भाव्यता अध्ययन समेत गर्ने जानकारी दिनुभयो।
प्रस्तावित बजेटमा आगामी आर्थिक वर्षा १० गाविसमा ग्रामीण विद्युतीकरण गरिने लक्ष्य राखिएको छ। स्थानीय स्वायत्त शासन ऐन र नियावालीले दिएको अधिकार प्रयोग गरी मिनरल वाटर र क्रसर उद्योगमा स्थानीय विकास शुल्क, तालहरुमा पर्यावरण शुल्क नयाँ राजश्वको दायराभित्र रहने गरी कर प्रस्ताव गरिएको छ। जसबाट जिविसले आठ करोड राजश्व उठने अनुमान गरेको छ।
कास्कीको विभिन्न स्थानमा १० वटा नयाँ झोलुुङ्गे पुल निर्माण गरिने छ। दुइवटा पुल, दुइवटा फुट व्रिज निर्माण गरिने लक्ष्य लिइएकेा छ। जिविस कास्कीले बालबालिकालाई सहज शिक्षाको पुहँच विस्तार गर्नको लागि गाविसलाई प्रोत्साहित गर्ने र विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालय भर्ना गरी तथा निरक्षर उन्मूलन भएका गाविसलाई प्रतिस्पर्धाको माध्यमबाट पुरस्कृत गर्दै जाने नीति लिइएको छ। यसै गरी वि.सं.२०६७ चैत्र मसान्तभित्रमा जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिने भएको छ।
कार्यक्रमा जिल्लाका सभासद्हरु, रबीन्द्र अधीकारी, राजकाजी गुरुङ, दुर्गा विक, कृष्णबहादुर गुरुङ, कृष्णकुमारी परियार, सफिक मियाँले प्रस्तुत परिषद्ले तय गरेको बजेटले सम्पूर्ण क्षेत्रलाई समेटेको बताउँदै यसलाई कार्यान्वयन दिन सुझाव दिनुभएको थियो।
साथै उहाँहरुले आफूहरुलाई संविधान निर्माणका लागि जनताले चयन गरेर पठाएकाले जेठ १४ अर्थात् तोकिएकै समयमा संविधान निर्माण गर्न आफूहरु लागिपरेको समेत बताउनुभयो।
स्थानीय विकास अधिकारी गुरुप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यममा नेकपा एमालेका जिल्ला अध्यक्ष मानबहादुर जिसी, नेपाली काङ्ग्रेसका जिल्ला सभापति यज्ञबहादुर थापा, नेकपा माओवादीका जिल्ला सेक्रेटरी बखानसिंह तमु, नेकपा मालेका जिल्ला सचिव होमनाथ गिरी, राप्रपाका जिल्ला अध्यक्ष विष्णुप्रसाद पोख्रेल, नेकपा संयुक्तका जिल्ला अध्यक्ष इमानसिंह गुरुङ, राष्ट्रिय जनमोर्चाका जिल्ला इन्चार्ज शंकर बराल, नेकपा एकीकृतका जिल्ला सचिव रामजी थापा, क्षेत्रीय प्रशासक अर्जुनबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी शम्भु कोइराला, पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष योगेन्द्रबहादुर बस्नेत, जिल्ला विकास समितिका सभापति पुण्यप्रसाद पौडेल, अन्तरपार्टीहिला सञ्जालका अध्यक्ष कोपिला रानाभाट, जिल्ला बाल मञ्चका कुन्दन कार्की, आदिवासी जनजाति जिल्ला समन्वय समितिका उपाध्यक्ष लक्षुकुमार गुरुङ, उपेक्षित उत्पीडित दलित वर्ग उत्थान जिल्ला समन्वय समितिका उपाध्यक्ष भवे सार्की, जनआन्दोलनका शहीद परिवार तथा घाइते समन्वय समितिका सचिव ढाकाराम पौडेल, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बाबुराम  जमरकट्टेल, पत्रकार महासङ्घ कास्कीका उपाध्यक्ष श्याम कुँवर, गैसस महासङ्घका जिल्ला अध्यक्ष रामप्रसाद सुवेदी, सिवीआर नेर्टवर्कका सचिवालय संयोजक एवम् नेत्रहीन कास्कीका अध्यक्ष शिशिर खनाल, गाविस सचिव हकहित संरक्षण केन्द्रका उपाध्यक्ष मीनराज बराल, जिल्ला विकास समितीका नारायणप्रसाद ज्ञवालीलगायतले बोल्नुभएको थियो।

read more...


अनमिनमाथिको आरोप निराधारः पास्को
March 12, 2010

अनमिनमाथिको आरोप निराधारः पास्को
काठमाडौं, २७ फागुन।संयुक्त राष्ट्रसङ्घका राजनीतिक मामिलासम्बन्धी उपमहासचीव विलिन पास्कोले नेपालस्थित राष्ट्रसङ्घीय नियोग अनमिनमाथि लागेको आरोप निराधार भएको बताउनुभएको छ।
उहाँले अनमिनले सीमित म्याण्डेटसहित नेपालको शान्ति प्रक्रियामा आफ्नो भूमिका निर्वाह गरिरहेको बताउनुभयो। इन्स्िटच्युट फर पोलिसि स्टडिज निम्सले बिहीबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पास्कोले अनमिनको निष्पक्ष भूमिकालाई आफूखुसी व्याख्या नगर्न आग्रह गर्नुभएको हो। उहाँले शान्ति प्रक्रियालाई तत्काल गति दिनेगरी राजनीतिक सहमतिमा पुग्न दलहरुलाई सुझाव दिनुभयो।
उपमहासचिव पास्कोले माओवादी जनसेनाका लडाकू रहेको शिविरको अनुगमन गर्ने अनमिनको सीमित म्याण्डेट भएको स्मरण गर्दै अन्य दलले भनेजस्तो हस्तक्षेप गर्न नमिल्ने बताउनुभयो।
उहाँले विगतमा भएका सहमतिको कार्यान्वयन र लडाकूको समायोजन प्रक्रियालाई छिटो निष्कर्षा पुर्žयाउन आग्रह गर्नुभयो। उहाँले शान्ति प्रक्रिया निष्कर्षा पुर्žयाउन गम्भीर भएर लाग्न आग्रह गर्दै पकट-पकट संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले अनमिनको म्याद थप गर्न नसक्ने चेतावनी दिनुभयो।
कार्यक्रममा विभिन्न दलका प्रतिनिधिहरुले अनमिनको निष्पक्षतामा प्रश्न उठाएका थिए। माओवादी नेताद्वय राम कार्की र सुरेश आलेमगरले भने निर्वाचनमा पराजितहरुको सरकार भएका कारण राष्ट्रसङ्घका महासचिवले राष्ट्रिय सहमतिको सरकार गठन गर्न सुझाव दिंदा राजनीतिक हस्तक्षेप भएको आरोप लगाउने तर भारतीय सेनाध्यक्षले बोलेको कुरालाई सुझाव ठानेको अपख्याख्या गर्ने गरेको बताउनुभयो।
यसैबीच पास्कोले बिहीबार नै माओवादी सेनाको चितवनस्थित जुटपानी शिविरको अनुमगन गर्नुभएको छ। मध्यान्ह शिविरमा पुग्नुभएका पास्कोले पत्रकाहरुसँग कुरा गर्दै अनमिनको भूमिका सधंै तटस्थ रहने बताउनुभयो। उहाले शान्ति प्रक्रिया र संविधान निर्माणलाई  निष्कर्षा पुर्žयाउने गरी अनमिनले काम गरिरहेको उल्लेख गर्नुभयो।
पास्कोले बिहीबार नै एमाले अध्यक्ष झलनाथ खनालसँग भेटवार्ता गर्नुभएको छ। एमाले मुख्यालय वल्खुमा साँझ भएको भेटमा एमाले अध्यक्ष खनालले अनमिनको भूमिका अझ सकारात्मक बनाउन आग्रह गर्नुभएको थियो। पास्कोले शान्ति प्रक्रियामा गम्भीर भएर लाग्न आग्रह गर्दै अनमिनको भूमिकालाई लिएर अनावश्यक टिप्पणी नगर्न खनाललाई आग्रह गर्नुभएको जनाइएको छ।

read more...


बर्दीयामा सेनाको गोलीबाट तीन जनाको मृत्यु
March 12, 2010

बर्दीयामा सेनाको गोलीबाट तीन जनाको मृत्यु
काठमाडौं, २७ फागुन।बर्दीया निकुन्जमा नेपाली सेनाका जवानले चलाएको गोली लागि ३ र्सवसाधारण महिलाको मृत्यु भएको छ।
चोरी शिकारीको आशङ्कामा निकुन्जको गस्तीमा रहेको सेनाले गोली प्रहार गर्दा गएराती उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दीयाका एसपी र्सूर्य उपाध्यायले जानकारी दिनुभयो।
मृत्यु हुनेमा सुर्र्खेत हरिहरपुर-२ का ३५ वषीर्या देवीसरा विक, ३२/३३ वर्षी अमृता विक र अन्दाजी १२/१३ वर्षी चन्द्रकला विक छन्। उनीहरु एकै परिवारको हुन सक्ने प्रहरीको अनुमान छ। घटनास्थल पुग्न सदरमुकाम गुलरियाबाट पाँच घण्टा पैदलयात्रा गर्नुपर्ने भएकाले घटनास्थल गएको टोली बिहीबार बेलुकीसम्म पनि नर्फकंदा विस्तृत विवरण आउन नसकेको प्रहरीले जनाएको छ। 
यसैबीच नेपाली सेनाले मारिएकाहरु चोरी शिकारी भएको दावी गरेको छ। सैनिक जनसर्म्पर्क निर्देशनालयले बिहीबार जारी गरेको विज्ञप्तिमा वार्डर्ेेकार्यालयको गस्ती टोली र शिकारीबीच भएको मुठभेडमा तीन शिकारीको मृत्यु भएको जनाएको छ। शिकारीहरुले क्याम्प खडा गरेर चोरी शिकारी गरिरहेको सुराकीका आधारमा खटिएको टोलीले शिकारीहरुलाई चेतावनी दिंदा उल्टै फायरिङ गरेकाले कारबाही गर्नुपरेको विज्ञप्तिमा उल्लेख गरेको छ। घटनामा संलग्न कृष्णबहादुर विकलाई पक्राउ गरेको र चारजना भागेको सेनाले जनाएको छ। गस्ती टोलीले घटनास्थलबाट भरुवा बन्दुक तीन नाल, गोली चार राउण्ड, बारुद दुइ बट्टा, खुकुरी, बन्चरो, पासो नाम्लोलगायत सामान बरामत गरेको जनाएको छ।

read more...


हिन्दू राष्ट्रको माग गर्दै प्रशासनमा धर्ना
March 12, 2010

हिन्दू राष्ट्रको माग गर्दै प्रशासनमा धर्ना
नवलपरासी, २७ फागुन।विश्वहिन्दू महासङ्घ नवलपरासीले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्न माग गर्दै विहीबार इलाका प्रशासन कार्यालय कावासोतीमा दुइ घण्टा धर्ना दिए।
हिन्दू महासङ्घले प्रशासनमा भजनकीर्तन दुइ घण्टा धर्ना दिएका हुन्। धर्नाका कारण प्रशासनमा दुइ घण्टा काम रोकिएको थियो। सो क्रममा प्रशासनमा दैनिक कामकाजका लागि आएका र्सवसाधारणको काम रोकिएको थियो।

read more...


डायलोसिस उपचार सहयोग समिति गठन
March 12, 2010

डायलोसिस उपचार सहयोग समिति गठन
पोखरा, २७ फागुन।विश्व मृगौला दिवसको अवसरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राकेशमान बुद्धाचार्यको संयोजकत्वमा डायलोसिस उपचार सहयोग समिति गठन भएको छ। 
समितिको सदस्यहरुमा विक्रम उदास, सीता गुरुङ, बसन्त गौचन, उत्तममान बुद्धाचार्य, जीवन बराल, जसकाजी गुरुङ, नुनु राना, बुद्ध गोभाजु, दीपेन्द्र श्रेष्ठ , टोपबहादुर थापा, डाक्टर कृष्ण अधिकारी, विजया कोइराला रहनुभएको छ।

read more...


एबीसीलाई दोस्रो सेभेन-ए-साइडको उपाधि
March 12, 2010

एबीसीलाई दोस्रो सेभेन-ए-साइडको उपाधि
पोखरा, २७ फागुन।अमरसिंह ब्वाइज क्लब एबीसीले पोखरामा सञ्चालित दोस्रो खुल्ला सेभेन-ए-साइड फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ।
मेरो नेपाल युवा क्लब पोखरा-१४ मझेरीपाटनको आयोजनामा बिहीबार भएको फाइनल खेलमा डिफेण्डिङ च्याम्पियन आयोजक टीम मेरो नेपाल युवा क्लब ँए’ लाई एकका विरुद्ध दुइ गोलले पराजित गर्दै एबीसीले सो उपाधि जित्न सफल भएको हो।
प्रतियोगितामा एबीसीका लागि म्यान अफ दी म्याच रेगन गुरुङ र रेशम गुरुङले एक-एक गोल गरेका थिए भने आयोजक टीमको तर्फाट सुविन श्रेष्ठले सान्त्वना गोल गरेका थिए।पहिलो हाफमा लगातार दुइ गोल खान पुगेको आयोजक टीमले दोस्रो हाफमा एक गोल फर्काए पनि पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा उपविजेतामा चित्त बुझाउनुपर्žयो।
विजता टीम एबीसीले नगद ३० हजार, शिल्ड तथा उपविजेता आयोजक टीमले  नगद २० हजार र शिल्ड प्राप्त गरे।
यसअघि बिहान भएको पहिलो सेमिफाइनल खेलमा आयोजक टीम ँए’ ले एएफसी ँबी’ लाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। दोस्रो खेलमा एएफसी ँए’ लाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै एबीसी फाइनलमा प्रवेश गरेको थियो।
प्रतियोगितामा एबीसीका रेगन गुरुङ बेस्ट प्लयेर, सांगीतिक युवा परिवार अनुशासित टीम, मनोहर युवा क्लब पोशाकमा उत्कष्ट घोषित भएका थिए।
प्रतियोगितामा प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख एवम् वरिष्ठ फुटबल प्रशिक्षक कृष्णबहादुर थापा, वरिष्ठ समाजसेवी लक्ष्मण कार्की, शुक्रराज बलभद्र उमाविका प्रधानाध्यापक पदमबहादुर कार्की, खेलकुद पत्रकार मञ्च कास्कीका सचिव प्रेमनारायण न्यौपाने, अर्थ संयोजक महेश कार्की, शंकर कार्की, दिनेश कुँवर, हरि जिसी, क्लबका अध्यक्ष राजुकुमार थापा, अस्मिता गुरुङलगायतले नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए।
सो अवसरमा प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख एवम् वरिष्ठ फुटबल प्रशिक्षक कृष्णबहादुर थापाले छोटो समयमा सेभेन-ए-साइड फुटबलले सबैको मन जित्न सफल भएको बताए। उनले आफ्नो समयको खेल स्मरण गर्दै भने-ँहाम्रो समयमा फुटबल खेलेपछि एक प्लेट मम खान पाइन्थ्यो अहिलेको खेल त आर्थिक हिसाबले धेरै माथि पुगेको छ।’
नेपाली राष्ट्रिय टीमको नेतृत्व सम्हालिसकेका थापाले सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा अर्जेन्टिनाका खेलाडी म्याराडोनाले हातले गोल गरेर आफ्नो देशलाई जिताएको प्रसङ्ग निकाल्दै फुटबल खेल भनेको चतुर्žयाईं, बठ्याईं र क्षमताले खेल्ने खेल भएको बताए।
उनले आफू भर्खर मात्र क्षेत्रीय खेलकुद विकास समितिमा आएको र त्यहाँ रहुन्जेल सधैं खेलकुद विकासको लागि डटिरहने प्रतिवद्धता व्यक्त गरे।
नेपालकै पहिलो पेशेवर खेलाडी थापाले शिक्षालाई अँगाल्दै खेललाई पनि अनुशासनपूर्वक सँगसँगै अगाडि लैजाने हो भने कुनै पनि खेलाडीको भविष्य उज्ज्वल हुने दाबी गरे।उनले क्लबलाई क्षेत्रीय खेलकुद विकास समितिको तर्फाट दुइ थान बल दिने घोषणा गरे।
खेलकुद पत्रकार मञ्च कास्कीका सचिव प्रेमनारायण न्यौपानेले अनुशासनपूर्वक आफ्नो खेल देखाउने खेलाडी कहिले पनि पछाडि नपर्ने दाबी गर्दै राम्रो खेलाडी बन्नको लागि शिक्षासँगै अनुशासनको पनि ठूलो महत्त्व हुने बताए।
क्लबका अध्यक्ष राजुकुमार थापाले प्रतियोगितामा आर्थिक, नैतिक तथा भौतिकरूपमा सहयोग पुर्žयाउने सम्पूर्ण सङ्घसंस्था तथा व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गरे।
फागुन २२ गतेदेखि सञ्चालित सो प्रतियोगितामा ४२ टीमको सहभागिता रहेको थियो भने खेलमा चित्र थापा, दीपेन्द्र कार्की, विजय गुरुङ र सन्तोष गुरुङले रेप|mीको भूमिका निर्वाह गरेका थिए।
क्लबका अध्यक्ष राजुकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव एवम् कार्यक्रम संयोजक हरि जिसी र सदस्य पशुपति पौडेलले पनि मन्तव्य राखेका थिए।

read more...


देशभरिका ब्राम्हण समाज एकीकृत, अध्यक्षमा अधिकारी
March 11, 2010

देशभरिका ब्राम्हण समाज एकीकृत, अध्यक्षमा अधिकारी
पोखरा, २६ फागुन।स्वजातीय अधिकार, पहिचान र अस्तित्व जोगाउने उद्देश्यले देशभरि गठन भएका ब्राम्हण समाजहरु सङ्गठित भई ब्राम्हण समाज नेपालको नाममा एकीकृत भएका छन्।
राष्ट्रिय ब्राम्हण समाज नेपाल, खस ब्राम्हण समाज नेपाल, ब्राम्हण सेवा समाज र ब्राम्हण महासङ्घ एकीकृत भएर बनेको राष्ट्रिय ब्राम्हण समाज नेपालको अध्यक्षमा नारायणप्रसाद अधिकारी चयन हुनुभएको छ।
तनहूँको देवघाटमा सोमबार बसेको बैठकले चारवटै समाजका एकसय २१ सदस्यीय केन्द्रीय कार्यसमिति हुने निर्यण गरिएको छ।केन्द्रीय कार्यसमितिवाट २१ सदस्यीय कार्यसम्पादन समिति चयन भएको छ।
ब्राम्हणहरु फुटेर होइन जुटेर जानुर्पर्छ र राज्यको तर्फाट गर्दै आइरहेको विभेद र ब्राम्हणहरुको खोसिंदै आएको अधिकार जुनसुकै अवस्थामा पनि पुनर्स्थापित गरेर छाड्ने बचन दिंदै साथमा राष्ट्रिय अखण्डता भत्कन नदिने, जातीय विखण्डन हुन नदिने र जातीय सहअस्तित्व कायम राख्न आफूहरु निकै सम्वेदनशील हुने एकीकरणपछि अध्यक्ष नारायणप्रसाद अधिकारीले बताउनुभयो।
राष्ट्रिय ब्राम्हण समाज पोखरा, खस ब्राम्हण समाज झापा, ब्राम्हण महासङ्घ तर्राई, ब्राम्हण सेवा समाज रूपन्देही भिन्नाभिन्नै नामले देशभरि फैलिएको ब्राम्हणहरुको सङ्गठन संस्थाको एकीकरणपछि बनेको ब्राम्हण समाज नेपालको नामले परिचित हुने उपाध्यक्ष माधव पहारीले जानकारी दिनुभयो।
उहाँले हालसालै आदिवासी जनजाति सूची परिमार्जन उच्चस्तरीय कार्यदलले ब्राम्हण तथा क्षत्रीहरुलाई आदिवासीको सूचीमा सूचिकृत नगरेकोमा ब्राम्हण समाज नेपालले विरोध गरेको र आगामी दिनमा अझ सशक्तरूपमा आफ्नो अधिकार स्थापना गर्न जुनसुकै सङ्र्घष्ाका कार्यक्रम गर्न पनि पछि नहट्ने चेतावनी दिनुभयो।

read more...


अनमिनले सरकारलाई चुनौती दिंदा समस्याः सञ्चारमन्त्री
March 11, 2010

अनमिनले सरकारलाई चुनौती दिंदा समस्याः सञ्चारमन्त्री
पोखरा, २६ फागुन।सूचना तथा सञ्चारमन्त्री शंकर पोख्रेलले नेपालको शान्ति प्रक्रियालाई सहयोग पुर्žयाउन आएको अनमिनले सरकारलाई नै चुनौती दिइरहेकाले समस्या भएको बताउनुभएको छ।   
प्रधानमन्त्री आफै सहभागी विशेष समितिको मातहतमा रहेका माओवादी लडाकूलाई गोपनीयतासँग सम्बन्धित विषय भनेर अनमिनले बेठीक काम गरिरहेको उहाँको भनाइ थियो।
पोखराका सञ्चारकर्मीसँग बुधबार कुराकानी गर्दै माओवादी लडाकूको विवरण अनमिनसँग माग गर्दै सरकारविरुद्ध नै प्रतिवाद गर्ने अनमिनको धम्की अनुचित भएको उहाँले बताउनुभयो।
सरकारले माओवादीलाई एकमुष्ठ भरणपोषण हस्तान्तरण गर्दा दुरुपयोग भएको भन्ने लडाकूहरुकै गुनासोलाई हटाउन लडाकूको हातहातमा भरणपोषण पुर्žयाउनको लागि सरकारले  अनमिनसँग लडाकूको विवरण माग्दा अनमिन असन्तुष्ट बनेकोप्रति उहाँको आपत्ति थियो। 
उहाँले सरकारको आमन्त्रण र माओवादीको र्समर्थनमा आएको अनमिनले नेपालको शान्ति प्रक्रियालार्इर्र्नेपालको मौलिकताका आधारमा टुङ्गोमा पुर्žयाउन सहयोग गर्नुपर्ने बताउनुभयो।
ँबाहिर कहाँ के के भयो र कहाँ के हुँदैछ भनेर त्यसैको आधारमा अनमिनले नेपालमा काम गर्नै होइन’-सञ्चारमन्त्री पोख्रेलले भन्नुभयो-ँनेपालको शान्ति प्रक्रियालाई यहाँकै अनुकूलतामा व्यवस्थापन गर्नुपर्छ।’
उहाँले अनमिनको म्याद थप्नुअघि नै शान्ति प्रक्रियालाई टुगोमा पुर्žयाउने लक्ष्य रहेकाले म्याद थप्ने वा नथप्ने विषयमा अहिल्यै छलफल आवश्यक नभएको बताउनुभयो। 
सरकारका मन्त्रीहरु  मन्त्रिपरिषद् कार्यव्यवस्था नियमावलीभित्र बसेर चल्नुर्पर्ने भन्दै उहाँले मन्त्रालयभित्रको मतभेदलाई चर्चामा ल्याएर गृहराज्यमन्त्रीले गृहमन्त्रालय जस्तो जिम्मेवार मन्त्रालयको सम्वेदनशीलतालाई ध्यान नदिएको बताउनुभयो। मन्त्रालयमा जारी मतभेदलाई कि त अन्त्य गर्नुपर्ने नभए गृहराज्यमन्त्रीले राजीनामा दिएर निकास खोज्नुर्पर्ने सञ्चारमन्त्री पोख्रेलको भनाइ थियो।
पत्रकारसँगको कुराकानीमा उहाँले आमसञ्चारसँग जोडिएर भइरहेका उच्छृङ्खल गतिविधिलाई नियन्त्रण गरी सुरक्षाको प्रत्याभूति दिन सरकार लागिपरेको जानकारी दिनुभयो।
ँमैलै सञ्चारसँग सम्बन्धित सङ्घ संस्थासँग छलफल चलाइरहेको छुु-उहाँले भन्नुभयो- ँछलफलपछि प्राप्त सुझावका आधारमा सञ्चारमाध्यमको सुरक्षा व्यवस्था मिलाइने छ।’
जेष्ठ १४ गते संविधान जारी हुँदैन कि भन्ने आशङ्का हटाउन संविधान निर्माणको कार्यविधि छोट्टयाएरै  भए पनि संक्षिप्त संविधान जारी गर्ने विषयमा राजनीतिक दलहरुबीच छलफल चलाइने उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो-ँविवादित र जटिल विषयलाई आयोग वा व्यवस्थापिकाले काननु बनाएर अन्त्य गर्ने गरी संक्षिप्त संविधान जारी गर्न सकिन छ।’
यसैबीच पश्चिमाञ्चल क्षेत्रीय हुलाक निर्देशनालायद्वारा पोखरामा आयोजित हुलाक सेवाको सुदृढीकरण विषयक पश्चिमाञ्चलस्तरीय गोष्ठीको बुधबार नै सञ्चारमन्त्री पोख्रेलले उद्घाटन गर्नुभएको थियो।
त्यस अवसरमा बोल्दै उहाँले जिल्लास्तरीय हुलाक कार्यालयहरुको नेतृत्वमा संयन्त्र गठन गरी स्थानीय सञ्चारमाध्यमको अनुगमन गर्ने दिने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो। उहाँले हुलाक सेवालाई समयसापेक्ष परिवर्तन गर्नको लागि आधुनिक प्रविधिलाई आत्मसात गर्दै अघि बढ्नुर्पर्नेमा जोड दिनुभयो।
ँहुलाक कार्यालयहरुबाट सञ्चालनमा ल्याइएका सेवाहरु पनि प्रभावकारी हुन नसक्दा सेवाग्राही सन्तुष्ट छैनन्’-सञ्चारमन्त्री पोख्रेलले भन्नुभयो-ँत्यसतर्फकर्मचारीहरु गम्भीर हुन आवश्यक छ।’ 
उहाँले सञ्चारमाध्यमले व्यहोर्नु परेको असुरक्षालाई अन्त्य गर्नको लागि सरकारले चालेका प्रयासका बारेमा भन्दा पनि सङ्क्रमणकालमा  भएका नकारात्मक गतिविधिलाई सञ्चारमाध्यमले बढी महत्त्व दिएको गुनासो गर्नुभयो।
राजतन्त्रबाट गणतन्त्र, एकात्मक राज्यसत्ताबाट सङ्घीयता र द्वन्द्वबाट शान्ति प्रक्रिया गरी एकैपटक तीनवटा काम सम्पन्न गर्न लागेको अवस्थामा मुलुकमा हलचल आउनु स्वाभाविकै भएको भन्दै चुनौतीलाई सामना गर्दै अघि बढ्नुर्पर्नेमा उहाँको जोड दिनुभयो। कार्यक्रममा पश्चिमाञ्चल विकास क्षेत्रका हुलाक कार्यालयका ७० जना कर्मचारीको सहभागिता रहेको छ। हुलाक सेवा विभागका महानिर्देशक लोकप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मी, पश्चिमाञ्चल क्षेत्रीय हुलाक निर्देशनालयका निर्देशक रामप्रसाद दोरङ्गालगायतले बोल्नुभएको थियो। कार्यक्रममा हुलाक सेवा सुदृढीकरणका विषयमा जिल्ला हुलाक कार्यालय मुस्ताङका उपसचिव ठाकुरप्रसाद सिग्देल र पश्चिमाञ्चल क्षेत्रीय हुलाक निर्देशनालयका उपसचिव गोविन्दबहादुर भण्डारीले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

read more...


काहूँशिवपुरमा जिप दुर्घटना, १० को मृत्यु, १३ घाइते
March 11, 2010

काहूँशिवपुरमा जिप दुर्घटना, १० को मृत्यु, १३ घाइते
दमौली, २६ फागुन।तनहूँ जिल्लाको काहूँशिवपुर गाविस वडा नं.३ काहूँ गाउँमा बुधबार भएको जिप दुर्घटनामा १० जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ यात्रु घाइते भएका छन्।
काहूँशिवपुर गाविसबाट सदरमुकाम दमौली बजारतर्फआउँदै गरेको नम्बर नराखिएको ँअन टेष्ट’ महेन्द्रा जिप वडा नं.३ स्थित सेटाङ भन्ने स्थानमा अपरान्ह चारबजे सडकबाट अन्दाजी डेढसय मिटर तल खसेर दुर्घटना भएको थियो।
मृतकहरुमध्ये आठजनाको घट्नास्थलमा र दुइ जनाको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घाइतेमध्ये दुइजनाको अवस्था गम्भीर रहेको छ। आफन्तको बैबाहिक समारोहमा सहभागी भएर र्फकने क्रममा उक्त जिप दुर्घटना भएको स्थानीयवासीले बताएका छन्।
दुर्घटनामा परी ज्यान गुमाउनेमा तनहूँको पोखरीभञ्ज्याङ गाविसका ४० वषीर्या योमामा आले, डुडीमाया आले, व्यास-२ निवासी डिलबहादुर आले, उनकी श्रीमती विबामाया आले, पोखरी भञ्ज्याङका दुर्गाबहादुर आले, जामुने गाविस-१ का डिल्लीमाया रिलामी, घाँसीकुँवा-१ निवासी कालीमाया ज्ञानी, काहूँ शिवपुर निवासी प्यारीमाया सिंजाली, घाँसीकुवा-१ का नाम पहिचान हुन नसकेकी बुद्धिमान आलेकी बुहारी र अर्का एकजनाको सनाखत हुन नसेको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ।
घाइते १३ जनालाई उपचारका लागि दमौली अस्पताल ल्याई पुर्žयाईएकोमा छ जनाको पोखरा, एक जनाको दमौली अस्पतालमा उपचार भइरहेको र बाँकी उपचारपछि घर फर्किएको तनहूँका प्रहरी नायब उपरीक्षकर् इश्वरीप्रसाद चापागाईले जानकारी दिनुभयो।
कच्ची सडक र अत्यधिक यात्रु जिपमा भएका कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। उक्त दुर्घटनामा जिपका चालक समेत सख्त घाइते छन्।

read more...


गृहराज्य मन्त्री अन्सारीद्वारा राजीनामा
March 11, 2010

गृहराज्य मन्त्री अन्सारीद्वारा राजीनामा
काठमाडौं, २६ फागुन।गृहराज्यमन्त्री रिजवान अन्सारीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। राज्यमन्त्री अन्सारीले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री माधवकुमार नेपाललाई राजीनामापत्र बुझाउनुभएको हो।
गृहमन्त्री भीम रावलको कार्यशैलीप्रति असन्तुष्टि र शान्ति सुरक्षामा सुधार ल्याउन नसकेको भन्दै अन्सारीले राजीनामा दिएको बताउनुभएको छ। उहाँले नाम मात्रको मन्त्री बनेर रहनुको कुनै औचित्य नभएकाले नैतिकताको तर्क प्रस्तुत गर्दै राजीनामा दिएको सञ्चारकर्मीलाई बताउनुभयोर्
वर्तमान सरकारले शान्ति सुरक्षा कायम गर्न नसक्ने दाबी गर्दै सरकारबाट हट्न पनि सुझाव दिनुभयो। राज्यमन्त्री पदबाट राजीनामा दिए पनि संविधान निर्माणमा दत्तचित्त भएर लाग्ने राज्यमन्त्री अन्सारीको प्रतिबद्धता थियो।
यसैबीच गृहराज्यमन्त्रीलाई राजीनामा दिन दबाब दिएको विषयलाई लिएर एमाले केन्द्रीय कमिटी बैठकमा बुधबार केहीबेर विवाद भएको थियो। उपप्रधानमन्त्री वामदेव गौतम, ठाकुर गैरे, योगेश भट्टर्राईलगायत केन्द्रीय सदस्यहरुले योग्यता र क्षमताको अवमूल्यन गर्दै पूर्वाग्रही ढङ्गले राजीनामा मागेको भन्दै प्रधानमन्त्रीको  आलोचना गरेका थिए।
अन्सारी वर्तमान सरकारमा एमालेबाट प्रत्यक्ष निर्वाचितमध्येका एक सभासद् हुनुहुन्थ्यो। उहाँ संविधानसभा निर्वाचनमा र्सलाहीबाट विजयी हुनुभएको हो।

read more...


महायज्ञमा एक करोड ४० लाख सङ्कलन, सामुदायिक क्याम्पस सञ्चालन हुने
March 11, 2010

महायज्ञमा एक करोड ४० लाख सङ्कलन, सामुदायिक क्याम्पस सञ्चालन हुने
पोखरा, २६ फागुन।पोखरा उप-महानगरपालिका वडा नम्बर १५ स्थित फलेपाटनमा अब सामुदायिक बहुमुखी क्याम्पस सञ्चालन हुने भएको छ।
सिद्ध उच्चमाबीमा जारीे श्रीमदभागवत धनधान्याचल ज्ञान महायज्ञबाट आफूहरुले अपेक्षा गरे अनुसार रकम सङ्कलन भएकोले अब उच्च माविबाट सामुदायिक बहुमुखी क्याम्पस सञ्चालन गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञका संयोजक लीलाबहादुर भण्डारीले बताउनुभयो। 
क्याम्पस स्थापना हुन सकेमा पोखरा उप-महानगरपालिका वडा नम्बर १०,१२, १४,१५ १८ लगातयका क्षेत्रका जनता समेत लाभान्वित हुने विद्यालयको दाबी छ। 
एक करोड ५० लाख सङ्कलन गर्ने उद्देश्य राखिएको महायज्ञको छैटांै दिनसम्म एक करोड ४० लाख सङ्कलन भएको अर्थ संयोजक रोमबहादुर भण्डारीले जानकारी गराउनुभयो।महायज्ञको छैटौं दिन बुधबार २० लाख सङ्कलन भएको छ।मङ्गलबारसम्म एक करोड २० लाख सङ्कलन भएको थियो। 
समाजसेवी जानुकादेवी खत्रीबाट तीन लाख पाँच हजार, भूपू प्राध्यापक डाक्टर रामबहादुर क्षेत्रीबाट एक लाख ५१ हजार एक सय ११, हिमचुली विकास बैङक रामबजार शाखाबाट बैङ्कका अध्यक्ष सुशीसराज पराजुली, सञ्चालक हरिचन्द्र रन्जित, प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल, महाप्रबन्धक महेश्वर पहारीको सहभागितामा एक लाख प्राप्त भएको छ। 
शिक्षक गुरुदत्त कोइरालाबाट ५१ हजार एक सय ५५, शिक्षक शिवहरि पाण्डेबाट ५० हजार एक सय ५१, आदर्श आमा समूहबाट ७१ हजार एक सय ७१, पोखरा-१५ की पार्वती कुँवरबाट एक लाख ११ हजार एक सय ११, जगन भण्डारीबाट ५५हजार पाँच सय ५५, लीलादेवी भण्डारीबाट ५१ हजार पाँच सय १५, होमबहादुर/तरक भण्डारीबाट ५१ हजार एक सय ५१, लक्ष्मीटोलकी लक्ष्मी गौतमबाट ५१ हजार एक सय ५१, युनिटी लाईफर् इन्टरनेश्नलबाट ५१ हजार एक सय ५१, पोखरा-१५ का धर्मराज भण्डारीबाट ५१ हजार एक सय ५१, पोखरा-१५ का हर्कबहादुर कुँवर क्षेत्रीबाट ५१ हजार एक सय ५१ रूपैयाँ प्राप्त भएको छ।
यस्तै पोखराको विश्वकर्मा समाज नेपालबाट ५१ हजार एक सय ११, पोखरा-१५ को प्रतिभाटोल आमा समूहबाट ५१ हजार, पोखरा-१५ का गोविन्दप्रसाद बरालले ५० हजार एकसय ५५,लेखनाथ-१० का शिवहरि पाण्डेबाट ५० हजार एक सय ५१, पोखरा-१५ का सुवेदार महेन्द्रबहादुर केसीबाट ५० हजार एक सय पाँच, पोखरा-१७ का देवदत्त भण्डारीबाट १५ हजार पाँच सय ५५, पोखरा-१८ का विमल कार्कीबाट १५ हजार पाँच सय ५५, पोखरा-१५को जनजागृत आमा समूहबाट १५ हजार पाँच सय ५१, पोखरा-१५ चन्द्रकुमारी थापाबाट १५ हजार एक सय पाँच रूपैयाँ प्राप्त भएको छ।
शिव मन्दिर चोकका गोविन्दबहादुर गिरीबाट १५ हजार एक सय एक, छिनेडाँडाको सुक्रराज बलभद्र उच्च माविबाट १५ हजार एकसय एक, पोखरा-१७ का दलबहादुर ढकालबाट १५ हजार एकसय एक, पोखरा-१५ का पुष्प राज आचार्यबाट १५ हजार एक सय एक, अन्नपूर्ण्ा पथका शिआर शर्माबाट ११ हजार एक सय, पोखरा-१५ को संगम टोल महिला समूहबाट सात हजार पाँचसय, स्वामीनारायण मुक्तिनाथ विकास ट्रष्टको शाखा विरौटाबाट सात हजार एक सय ५१, पोखरा १३ को भद्रकाली उच्च माविबाट सात हजार एक सय २५ रूपैयाँ सहयोग प्राप्त भएको छ।  महायज्ञका प्रमुख वाचक युवापण्डित कमलनयन गौतम रहनुभएको छ।

read more...


कोत्रे आसपासको सेती नदीबाट ढुङ्गा र बालुवा निकाल्न रोक
March 11, 2010

कोत्रे आसपासको सेती नदीबाट ढुङ्गा र बालुवा निकाल्न रोक
दमौली, २६ फागुन।जिल्ला विकास समितिले दुलेगौंडा गाविसको कोत्रेदेखि खैरेनीटार गाविसको दोभानसम्मको १० किमी क्षेत्रबाट तत्काललाई ढुङ्गा, गिटी र बालुवा निकाल्न रोक लगाइएको छ।
ठेकेदारले ठेक्का विपरित जथाभावी डोजर, लोडर स्काभेटर प्रयोग गरेर गिटी, बालुवा र ढुङ्गा निकालेको उजुरी परेपछि जिविसले तत्काल सो कार्यमा रोक लगाइएको स्थानीय विकास अधिकारी हर्रि्रसाद दाहलले बताउँनुभयो।
ती घटनाको निरीक्षण गरी सम्झौताविपरीत काम भएको पाइएकोले तत्काललाई ढुङ्गा, गिटी र बालुवा निकाल्न रोक लगाइएको उहाँले जानकारी दिनुभयो।
खैरेनीटार दुलेगौंडा नागरिक समाजले सेती नदीबाट अनियन्त्रितरूपमा ढुङ्गा, गिटी र बालुवा निकाल्न रोक्नुपर्ने माग गर्दै एक साताअघि जिविसमा ज्ञापनपत्र दिएको थियो। ढुङ्गा, गिटी र बालुवा बिक्रीबाट आएको आम्दानीको ४० प्रतिशत सम्बन्धित गाविस र बाँकी ६० प्रतिशत आम्दानी जिविसको हुँदैआएको छ। रासस

read more...


कोइरालाको स्वास्थ्य स्थिति सामान्य
March 11, 2010

कोइरालाको स्वास्थ्य स्थिति सामान्य
काठमाडौं, २६ फागुन।नेपाली काङ्ग्रेसले पार्टीर्ीभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य स्थिति सामान्य रहेको जनाएको छ। काङ्ग्रेस केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति प्रकाशित गरी कोइरालाको स्वास्थ्य स्थिति सामान्य रहेको बताएको हो।
काङ्ग्रेस मुख्य सचिव रामचन्द्र पोखे्रलद्वारा जारी विज्ञप्तिमा कोइरालाको नियमित हेरविचारमा संलग्न चिकित्सकहरुका अनुसार उहाँको अवस्था सामन्य रहेको उल्लेख छ। यसअघि कोइरालाको स्वास्थ्य स्थितिलाई लिएर बुधबार दिनभर अनेकन आशङ्का व्यक्त गरिएको थियो।

read more...


जनवादी युवा सङ्घको नाम परिवर्तन, युवक सङ्घमा नयाँ नेतृत्व
March 11, 2010

जनवादी युवा सङ्घको नाम परिवर्तन, युवक सङ्घमा नयाँ नेतृत्व
बुटवल, २६ फागुन।राष्ट्रिय जनमोर्चा निकटको युवा सङ्गठन अखिल नेपाल जनवादी युवा सङ्घको पाँचौं राष्ट्रिय सम्मेलनले आफ्नो नाम परिवर्तनसहित नयाँ नेतृत्व चयन गरेको छ।
फागुन २३ गते देखि २५ गतेसम्म बुटवलमा सञ्चालन भएको सम्मेलनले नाम परिवर्तन गरी ँअखिल नेपाल युवक सङ्घ’ राखेको छ।
सम्मेलनले काशीनाथ पाख्रेलको अध्यक्षतामा ३३ पूर्ण्ा ४ वैकल्पिक गरी ३७ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा जगदीश ढकाल, लक्ष्मणदेव पाण्डे र कमल खनाल, महासचिवमा राजेन्द्र ढु·ाना, सचिवमा जीतमित सुनार  र विनोद खनाल, कोषाध्यक्षमा तिलक थापा रहेका छन्। 
सदस्यहरुमा बाबुराम पन्थी, दुर्गा भूसाल, शशी सापकोटा, विशाल पहाडी, रामेश्वर न्यौपाने, कमल कार्की, कल्पना बराल जालीपा राना, धीरेन थापा, टंकबहादुर र्घर्ती, खुम राना, बाबुराम आचार्य, तारा कुँवर कृष्ण रानालगायत रहेका छन्।
सम्मेलनले ११ सदस्यीय सचिवालय र विदुर मल्ल, ध्रव थापा, टेकबहादुर थापा, गोपाल पौडेल, ऋषिराम शर्मा रहेको पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ।
सम्मेलनले पारित गरेका प्रस्ताव बारे जानकारी दिने उद्देश्यले बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पोख्रेलले र्सवसम्मतले नयाँ नेतृत्व चयन गरेको बताए। तीन दिनसम्म सञ्चालन भएको उक्त सम्मेलनले २५ बुँदे समसायिक राजनीतिक विषयययमा विभिन्न विशेष प्रस्ताव पारित गरेको  छ।
सम्मेलन गणतन्त्रको सुदृढीकरण गर्दै तोकिएको समयभित्र जनपक्षीय संविधान जारी गर्न जोडदार माग गरेको अध्यक्ष पोख्रेलले बताए। त्यसैगरी सङ्घीयताको खारेजी हुनुपर्ने प्रजातान्त्रिक विकेन्द्रीयतामा आधारित  एकात्मक शासन प्रणाली लागू गर्नुपर्नेलगायतका माग गरिएको छ। युवा दस्ता निर्माण गर्ने नाममा जनतामा भय, त्रास एवम् असुरक्षाको स्थिति उत्पन्न भएको ठहर गर्दै सम्मेलनले त्यस्तो क्रियाकलाप तुरुन्त अन्त्य गर्न माग गरेको छ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव डिलाराम आचार्यले युवा शक्तिलाई राज्यले सही ढङ्गबाट परिचालन गर्न नसकेको बताए।

 


read more...


दोस्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता वैशाखको अन्तिममा
March 11, 2010

दोस्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता वैशाखको अन्तिममा
पोखरा, २६ फागुन।कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रत्येक वर्षहुने दोस्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता आगामी वैशाखको अन्तिममा हुने भएको छ।
समितिको आयोजनामा बुधबार पोखरा रङ्गशालामा बसेको बृहत् भेलाले आगामी वैशाख २४ गतदेखि २९ गतेसम्म सो प्रतियोगिता सञ्चालन गर्ने निर्णयगरेको हो।
समितिका कार्यालय प्रमुख गोविन्दराज पण्डितको अध्यक्षतामा बसेको भेलामा कास्की जिल्लास्थि प्याब्सन, एन-प्याब्सन, जिल्ला शिक्षा कार्यालय, विभिन्न विद्यालयका प्रधानाध्यापक, समितिका निवर्तमान पदाधिकारीलगायतको सहभागिता रहेको थियो।दोस्रो जनआन्दोलन अघिसम्म वीरेन्द्र शिल्ड प्रतियागिताको नामले सञ्चालित सो प्रतियोगिता गणतन्त्र घोषणालगत्तै विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको रूपमा सञ्चालन हुँदै आएको थियो।
तर मुलुकमा राष्ट्रपति शासन लागू भइसकेको स्थितिमा गत वर्षेखि राष्ट्रपतिको नामबाटै सो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। भेलाले कास्की जिल्ला विकास समितिमा रिक्त रहेको पदाधिकारीहरुको केही दिनमै पूर्र्ति हुने भएको हुँदा त्यसपछिमात्र मुल आयोजक समिति तथा विभिन्न उपसमिति चयन गरिने निर्णयभएको अध्यक्ष गोविन्दराज पण्डितले जानकारी दिए। प्रतियोगितामा छात्रछात्रा भलिबलका अलावा एक सय, दुइ सय, तीन सय, चार सय, १५ सय, तीन हजार मिटर छात्रछात्रा, छात्र पाँच हजार, छात्रछात्रा १००ह४ रिले, हाइजम्प, लङजम्प, सटपुट, ज्याभ्लिन थ्रोलगायतका खेल सञ्चालन हुनेछन्।

read more...


« Previous Page - 1 2 - Next Page »

 

Advertisement
--------------------------------
पोखराको एक मात्र  वर्गको राष्ट्रिय दैनिक पत्रिका
आदर्श समाजमा

विज्ञापन दिई आफ्नो व्यापार व्यवसायमा अधिकतम प्रतिफल प्राप्त गर्नुहोस् । साथै online मार्फत यस पत्रिकाका हरेक अंक हेर्न सकिने भएकोले मौकाको फाइदा लिन सक्नु हुनेछ ।
--------------------------------