Photo


शोभा यात्रा - सिद्ध उच्च मा.वि. पोखरा-१५, फलेपाटनमा आयोजित श्रीमद्भागवत् धनधान्याचल ज्ञान महायज्ञको शुभारम्भअघि शुक्रबार बिहान निकालिएको झाँकीसहितको शोभायात्रा।तस्विरः दीननाथ बराल


लेखनाथको दिपाङ तालमा निर्माणाधिन बाँध। मधुमास ताल अर्थात हनिमुन लेकको रुपमा विकास गर्न लागिएको उक्त तालमा राष्ट्रिय ताल संरक्षण समितिको २८ लाख ७१ हजार रुपैयाँको सहयोगमा बाँध निर्माण गर्न लागिएको हो। उक्त बाँध तयार भएपछि तालमा पानीको सतह हालको भन्दा दोब्बर हुने बताईएको छ। तस्विरः भेषराज आचार्य/आदर्श समाज


पोखरा उप-महानगरपालिका वडा नं ४ गैह्रापाटनस्थित नवीन उच्च माविको स्वर्णवर्षो अवसरमा मङ्गलबार विद्यालयले निकालेको प्रभातफेरी। तस्विरः नवीन सिग्देल । आदर्श समाज


अब त संरक्षण हुन्छ कि तः पोखराको फेवातालको किनारमा रहेको माटो निकाल्दै स्क्याभेटर। तस्विरः नवीन सिग्देल। आदर्श समाज


यहि राम्रो होलाः प्रणय दिवसका अवसरमा आइतबार पोखराको चिप्लेढुङ्गामा रहेको आर्चीज ग्यालरीमा शुभकामना कार्ड खरिद गर्ने युवायुवतीहरुको घुइँचो । तस्विरः नवीन सिग्देल । आदर्श समाज


शुक्रबार पोखराको पृथ्वीनारायण क्याम्पसमा एमाले निकटको अनेरास्ववियुले आफ्ना नेता तथा विद्यार्थीलाई दुर्र्व्यवहार गरेको भन्दै त्यसको विरोधमा एकीकृत नेकपा माओवादी कास्कीले आइतबार पोखरामा गरेको प्रदर्शन।    तस्विरः नवीन सिग्देल/आदर्श समाज


पोखरा रङ्गशालामा जारी आठौं आहा गोल्डकप फुटबल प्रतियोगिताअर्न्तर्गत शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भिड्दै डिफेण्डिङ च्याम्पियन नेपाल पुलिस क्लब र आयोजक सहारा क्लबका खेलाडीहरु। तस्विरः नवीन सिग्देल । आदर्श समाज

 


१०० औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सोमवार पोखरामा निकालिएको र्याली । तस्विरः नवीन सिग्देल । आदर्श समाज


बहुउद्देश्यीय किसान सहकारी संस्थाले कास्कीको हेमजामा पहिलोपटक गरेको आलु महोत्सवमा आलु हेर्दै विदेशी पर्यटक। तस्विरः प्रकाशचन्द्र सापकोटा/आदर्श समाज


बहुउद्देश्यीय किसान सहकारी संस्थाले कास्कीको हेमजामा पहिलोपटक गरेको आलु महोत्सवमा आलु हेर्दै विदेशी पर्यटक। तस्विरः प्रकाशचन्द्र सापकोटा/आदर्श समाज


नेपाल पत्रकार महासंघ कास्कीद्वारा जनकपुरका सञ्चार उद्यमी अरूण सिंघानियाको हत्याको विरोधमा बुधबार पोखरामा निकालिएको जुलुस। तस्विरः र्सूर्यराज बराल/आदर्श समाज


पोखरा मझेरीपाटनस्थित रामेश्वरी माविको नवनिर्मित भवनको उद्घाटन गर्न आउनुभएका संविधान सभाध्यक्ष सुवाषचन्द्र नेम्वाङलाई दुवोको माला लगाएर स्वागत गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्षेत्रबहादुर कुँवर। तस्विरः नवीन सिग्देल । आदर्श समाज


हामीले त खायौ, तपाईहरुले पनि खाएँ हुन्छः पोखरामा देखिएको वर्ड फ्लु नियन्त्रणमा आएको जानकारी पोखरामा आयोजित एक कार्यक्रममा कुखुराको मासुखादै कृषि तथा सहकारी मन्त्रालयका सचिव व्रजकिशोरप्रसाद शाह - वीचमा ) र सरकारी निकायका प्रमुखहरु । तस्विरः नवीन सिग्देल । आदर्श समाज


पोखरा विश्वविद्यालयको सातांै दीक्षान्त समारोह। पोखरा विश्वविद्यालयको सातौं दीक्षान्त समारोहमा विद्यार्थीलाई दीक्षित प्रधानमन्त्री एवम् कुलपति माधवकुमार नेपाल। तस्विरः नवीन सिग्देल/आदर्श समाज


महाशिवरात्री पर्वका अवसर ब्रम्हकुमारी राजयोग प्रशिक्षण केन्द्रले शुक्रबार पोखरामा निकालेको शोभायात्रामा प्रदर्शन गरिएको शिवलिङ्गसहितको झाँकी।तस्विरः नवीन सिग्देल । आदर्श समाज


जितको उमंगः साहारा क्लबले अायोजना गरेको आठौं आहा गोल्डकप फुटबल प्रतियोगिता मनाङमर्स्याङ्दी क्लब जीतमा रमाउँदै ।